स्याङ्जा । स्याङ्जाको एक कालिज फार्ममा चितुवा पस्दा नब्बे हजार बढीको क्षति भएको छ ।
बुधबार दिउँसो स्याङजाको पुतलीबजार नगरपालिका–१३ भिपिनडाँडास्थित मोहन रोकाले सञ्चालन गरेको मनिस कालिज फार्ममा चितुवा पस्दा उक्त क्षति भएको प्रहरीले जनाएको छ ।
दिउँसो करिव १ बजे पसेको चितुवाले फार्ममा रहेका ७ वटा कालिज खाएको छ भने एउटा कालिज मारेको छ । यस्तै २५ वटा कालिज उडेर भागेको सञ्चालक रोकाले जानकारी दिए ।
फार्मममा चितुवा पसेर कालिज मारको खबर प्राप्त हुन साथ पुगेको प्रहरीले उक्त चितुवालाई नियन्त्रणमा लिएर वन कार्यालयको जिम्मा लगाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







