पोखरा । नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले माओबादीलाई कमजोर पार्ने षडयन्त्र भएको बताए ।
नेकपा माओबादी पोखरा २५ को पार्टी प्रबेश कार्यक्रममा बुधबार सम्बोधन गर्दै मन्त्री बरालले अझै पनि पार्टीलाई कमजोर पार्ने षडयन्त्र देश भित्र र बाहिरबाट भई रहेको बताएका हुन्।
देश भित्र र बाहिरबाट माओबादी माथि आक्रमण गरी पार्टी अध्यक्ष प्रचण्डलाई समेत कमजोर पार्ने षडयन्त्र बिरुद्ध एक हुनुपर्ने समय आएको सदस्य बरालको भनाई छ । सुकुम्बासी, दलित, महिला, जनजातिको हकअधिकारको बिषयमा माओबादीले उठाएका मुद्धाहरुलाई समेत कमजोर पार्ने खेल हुने हुदा यस तर्फ सबै जाति बिषेशले बढी ख्याल गर्नुपर्ने समय आएको मन्त्री बरालको भनाई थियो ।
कानूनी रुपमा जातिय उन्मुलन भए पनि व्यवहारमा अझै जातिय विभेद कायमै रहेको मन्त्री बरालको भनाई थियो । कानूनमा जे लिपिवद्ध गरिएको मुद्धालाई संस्थागत गर्न आवश्यक भएको मन्त्री बरालले बताए ।
कार्यक्रममा माओबादी पार्टीका प्रदेश सदस्यहरु भिम बिक क्षितिज, भोजराज पौडेल, माओबादी पोखरा महानगर समितिका अध्यक्ष कृष्ण गिरी विज्ञान, सचिव जनकराज पराजुली, धौलागिरी कास्की दलित सम्पर्क समाजका संस्थापक अध्यक्ष रण बहादुर सिर्पाली, समाजका अध्यक्ष बिष्णु बहादुर बिक सचिब वेल बहादुर परियार, केन्द्र वडाका सचिव बिष्णु बास्तोला लगायतले समाजमा रहेको असमानतालाई हटाउन एक हुनु पर्नेमा जोड दिएका थिए ।
माओबादी केन्द्र पोखरा २५ का अध्यक्ष माधव अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । डाइनामिक टेक्नोसफ्ट प्रा.लि.को आयोजना तथा नेशनल प्याब्सन कास्कीको व्यवस्थापनमा विद्यालयका…





