गोरखामा राष्ट्रिय विभूति अमरसिंह थापाको शालिक अनावरण गरिएको छ ।
२०६ औँ जन्मजयन्तीको अवसर पारेर जन्मस्थान मानिएको सिरानचोक गाउँपालिका वडा नं ६ गाँखुमा सालिक अनावरण गरिएको हो ।
गोरखा अमरसिंह नगर पर्यटन समितिले अमरसिँह थापाको २०६ औँ जन्मजयन्ती समारोह आयोजना गरेको हो ।
कार्यक्रममा राष्ट्रिय विभूति अमरसिंह थापा र उनका पिता उमराव बाघ भीमसिंह थापाको पनि शालिक पनि अनावरण गरिएको छ ।
शालिक अनावरणपछि बोल्दै गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले सो क्षेत्रको पर्यटन बिकासमा गाउँपालिकाले काम गर्ने उल्लेख गरे ।
पालिकाकबाट विनियोजित बजेटबाट अमरसिंह पार्क निर्माण गरिएको गोरखा अमरसिंह नगर पर्यटन समितिका अध्यक्ष हरि थापाले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







