स्याङ्जामा ९९ प्रतिशत धान रोपाइँ सकियो


     एभरेस्ट आवाज    
     श्रावण १९ गते २०७९ मा प्रकाशित




साउनको तेस्रो हप्तासम्म स्याङ्जामा ९९ प्रतिशत खेतमा धान रोपाइँ सकिएको छ ।

कालीगण्डकी र गल्याङ्मा ९७ प्रतिशत रोपाइँ सकिएको हो ।

आँधिखोला, फेदीखोला, अर्जुनचौपारी गाउँपालिका, पुतलीबजार, भीरकोट, वालिङ् नगरपालिकामा ९९ प्रतिशत रोपाइँ सकिएको छ । त्यस्तै, चापाकोट, बिरुवा, हरिनासमा ९८ प्रतिशत रोपाइँ सकिएको छ ।

जिल्लामा १६ हजार हेक्टरमा धानखेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । छिट्टै र पर्याप्त वर्षा भएका कारण यो वर्ष किसानले समयमै धान रोप्न पाएका हुन् । साउनको अन्तिमसम्म रोपिने टारी खेत पनि यसपटक भने रोपिसकिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष स्याङ्जामा ५१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।