दिपेन्द्रको टी–ट्वान्टी वरियतामा सुधार


     एभरेस्ट आवाज    
     श्रावण १९ गते २०७९ मा प्रकाशित




नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको टी–२० को ब्याटिङ वरीयता सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयताको ४३ औं स्थानमा उक्लिएका छन् । यसअघि उनी ४४ औं स्थानमा थिए ।

टी–२० वरीयतामा नेपालका कुशल भुर्तेद यथावत रहेका छन् भने आसिफ शेख एक स्थान तल झरेका छन् । कुशल ४० औं स्थानमा यथावत रहँदा आसिफ एक स्थान तल झदै ९७ औं स्थानमा छन् ।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने ४१ औं स्थानमा यथावत रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।