गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी २४ गते हुने २८ औ विश्व आदिवासी दिवस भव्यताका साथ मनाईने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको आयोजना र कास्कीको सह-आयोजनामा उक्त दिवस भव्यताका साथ पोखरामा मनाईने आज पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो ।
दिवसका दिन ११ बजे चिप्लेढुंगाबाट सवै जनजातिले आआफ्नो जातिय मौलिक पोषाक र झाँकी सहित बिशाल ¥याली निकालेर पोखरा रंगशाला अगाडी रहेको नेपाल मगर संघको भवनमा औपचारिक कार्यक्रम गरिने नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका अध्यक्ष धर्म बहादुर गुरुङले बताए ।
उनका अनुसार उक्त कार्यक्रमका अवसरमा दुई जना अग्रजहरुलाई सम्मान गरिनुका साथै बिभिन्न जातजातिको प्राचिन मौलिक साँस्कृतिक कार्यक्रमहरु गरिने छ । विगतका वर्षहरुमा भव्यताका साथमा मनाईएको यो दिवस पछिल्लो २ वर्षमा कोरोनाका कारण सामान्य अन्तकृया गरेर मनाईएको थियो ।
साथै “आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भुमिका” नारा सहित संयुक्त राष्ट्र संघबाट सन २०२२ देखि २३ सम्म आदिवासी भाष दशक घोषणा भएको छ ।
संयुक्त राष्ट्र संघको आदिवासी जनजाती हेर्ने कार्यदलको सन १९८२ डिसेम्वरमा स्वीट्जरल्याण्डमा बसेको पहिलो बैठकबाट हरेक ९ अगष्ट लाई विश्व आदिवासी दिवसका रुपमा मनाउने निर्णय भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







