एन्फाका नि.उपाध्यक्ष तथा पूर्व प्रशिक्षक थापाद्वारा एमाले परित्याग


     एभरेस्ट आवाज    
     श्रावण १९ गते २०७९ मा प्रकाशित




पोखरा, साउन १९

अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान उपाध्यक्ष कृष्ण थापाले एमाले परित्याग गरेका छन् । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षकसमेत रहेका थापाले विहीबार सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।

पोखरा महानगरपालिका वडा नम्बर २४ हेमजार निवासी थापा फुटबलका टेक्निकल विज्ञपनि हुन् । उनी पूर्व राष्ट्रिय खेलाडीसमेत हुन् ।

एमाले फुट्दासमेत माधव नेपालको नेकपा एकीकृत समाजवादीमा नगई बसेका उनले अचानक पार्टी परित्याग गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कास्की निर्वाचन क्षेत्र नम्बर–३ का मतदातासमेत रहेका थापा एमाले सरकारका पालामा राष्ट्रिय खेलकुद परिषदको सदस्यमा मनोनित नभएपछि रुष्ट थिए । राखेप सदस्यमा आफू नियुक्त हुनेमा ढुक्क रहेका उनलाई थापाकै कास्की–३ बाट निर्वाचित तत्कालीन खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको रोजाईमा नपरेपछि असन्तुष्ट बनेका हुन् । विश्वकर्माले आफू निकट गुटकालाई मात्रै प्राथमिकता दिदै राखेप सदस्यमा नियुक्त गरेका थिए ।

एमाले परित्याग गरेका थापाले अब जीवनभर स्वतन्त्र बस्ने र फुटबलको सेवा गर्ने बताएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।