भेलछडा–सिलगढी खानेपानी आयोजनाको बाटो खुला


     एभरेस्ट आवाज    
     श्रावण १९ गते २०७९ मा प्रकाशित




फाइल तस्विर


काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने डोटीको भेलछडा, काडामाडौँ, गैरागाउँ तथा सिलगढी खानेपानी आयोजना निर्माणमा वर्षौदेखि हुँदै आएको अवरोध खुला गरिदिएका छन । उक्त आयोजना निर्माणका लागि खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले निकुञ्जमा समस्या हुने भन्दै खानेपानी निर्माणकार्यमा विमति जानाउँदै आएको थियो ।

भेलछडाको पानी सिलगढी ल्याउन निकुञ्जले विमति जनाएपछि त्यहाँका नागरिक खानेपानी नपाउने भन्दै निरास भएका थिए । मन्त्री यादवले यही साउन १८ गते मन्त्रिस्तरीय निर्णयबाट स्थानीय उपभोक्तालाई सहजरूपमा खानेपानी उपलब्ध गराउन, खानेपानीको व्यावसायिक प्रयोजन नगर्ने शर्तमा हाल स्वीकृत गरेका मन्त्री यादवको सचिवालयले जनाएको छ ।

साथै उनले डिपिआर संरचनामा थप गर्न नपाउने गरी विभागले तोकिदिएको उपयुक्त विधिअनुसार आयोजना सञ्चालन तथा मर्मत गर्ने निर्णय पनि गरेका छन । यसैगरी मन्त्री यादवले खप्तड राष्ट्रिय निकुञ्जको नियमावली, २०४४ को नियम ३४ बामेजिम उक्त खानेपानी आयोजनाको सहमति उपलब्ध गराउनुपर्ने निर्णय पनि गरेका छन ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।