काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति सरकारले घोषणा गरेकामा त्यसको स्वागत गरेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको उक्त बैठकले निर्वाचनको मिति घोषणा गरेकामा सरकारलाई धन्यवाद व्यक्त गरेको महासचिव डा बेदुराम भुसालले जानकारी दिए । देशभर निर्वाचनको प्रचार गर्न पार्टीका सबै सङ्गठनलाई बैठकले निर्देशन दिएको छ । सम्पूर्ण नागरिकलाई निर्वाचनमा केन्द्रित हुन आग्रह गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरेको छ । पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई जनताप्रति थप उत्तरदायी बनाउन पार्टीले केही साता अगाडि काठमाडौँमा प्रशिक्षण दिएको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ सेदीमा आज…





