गण्डकी प्रदेश सरकार मातहतमा इन्जिनियरिङ सेवामा कार्यरत कर्मचारीहरुको भेला भएको छ ।
भेलाले उर्जा, गण्डकी प्रदेशस्तरिय जलस्रोत तथा खानेपानी मन्त्रालयमा कार्यरत ई. झलकमोहन ओझाको अध्यक्षतामा १५ सदस्यीय सरकारी ईन्जीनियरिङ पेशाकर्मी समाजको कार्यसमिति गठन गरेको छ ।
प्रदेश निजामति सेवा ऐनमा समेटिनुपर्ने वृति विकास, सरुवा बढुवा लगायतका अन्य सेवा सुविधाका विषयमा छलफल तथा अन्तक्रियाका लागि जुटेको भेलाले समाजको गण्डकी प्रदेश कमिटि गठन गरेको हो ।
जसको उपाध्यक्षमा जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय स्याङजामा कार्यरत ई. मोहनराज आचार्य र सचिवमा पूर्वाधार विकास कार्यालय लमजुङमा कार्यरत ई. सुमन गिरि चयन छन् । सह–सचिवमा सागर भट्टराई र कोषाध्यक्षमा शर्मिला थापा चयन छन् । सदस्यहरुमा अजय श्रेष्ठ, रमेश सुवेदी, हरि थापा, अनिल पोखरेल, ढाकाराम आचार्य, राजेन्द्र क्षेत्री, गायत्री पौडेल र अस्मिता वस्नेत छन् । २ महिला सदस्य पछि थप गरिने जनाइएको छ ।
उक्त्त भेलाले प्रदेशमा समायोजन भै कार्यरत संपूर्ण सीडीईलाई उक्त समितिको पदेन सल्लाहकारको रुपमा चयन गर्ने निर्णय समेत गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







