पोखरा । लामो समय देखि मृगौला रोगवाट पिडित पोखरा १६ का युवा अर्जुन गायकलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । सामाजिक अभियन्ता शिवराज देवकोटाले पिडित गायकको सहयोगार्थ संचालन गरेका सहयोग संकलन अभियान मार्फत संकलित रकम १ लाख ५४ हजार ४ सय ६१ रूपैयाँ पिडित गायकको घरमा नै पुगि हस्तान्तरण गरिएको हो ।
सो रकम गण्डकी प्रदेशका भौतिक योजना, पुर्वाधार विकास ,शहरी , तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का , सुचना, संचार तथा प्रदेश मामिला मन्त्री विन्दु कुमार थापा, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना , अग्रज पत्रकार राज व गुरूङ, अभियन्ता देवकोटाले पिडित गायकलाई हस्तान्तरण गरे । मन्त्री खड्काले जटिल रोगका विरामीलाई सरकारले नै सहयोग गर्ने वताउदै पिडित गायकको उपचारमा आफुले पनि आवस्यक सहयोग गर्ने बताए ।
अभियन्ता देवकोटाले पिडित गायकको आर्थिक अवस्था दयनिय देखेर आफुले अभियान संचालन गरि सहयोग रकम संकलन गरेको बताए । उनले अभियानमा सहयोग गर्ने सवै प्रती धन्यवाद व्यक्त गरे। सामाजिक अभियन्ता देवकोटाले यश अघि पनि विभिन्न समस्यामा परेका व्यक्तिलाई सामाजीक संजाल मार्फत अभियान चलाएर सहयोग गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







