बनेपा । ऐतिहासिक तथा धार्मिक क्षेत्रसमेत रहेको नमोबुद्ध नगरपालिकाले नमोबुद्ध गुम्बा हुँदै ऐतिहासिक पुरानो बजार क्षेत्र रहेको दाप्चा जोड्ने सडकखण्डको सरसफाइ अभियान थालिएको छ । नगरपालिकाले पर्यटकीय क्षेत्रमा सुन्दर र हराभरा बनाउने उद्देश्यले सरसफाइ अभियान थालेको नगरपालिकाले जनाएको छ ।
पर्यटकीय क्षेत्रमा घुम्न जानेका लागि सुन्दर हराभरा स्थल निर्माण गर्न र त्यसको संरक्षण संवद्र्धन गर्नु स्थानीय सरकारको दायित्व भएकाले त्यसको उचित व्यवस्थापनको लागि सरसफाइ अभियान थालेको नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामाले बताए । सो क्रममा नमोबुद्ध गुम्बा क्षेत्र प्रवेश गर्ने फूलबारीडाँडादेखि दाप्चा माथिल्लो हटिया हुँदै तल्लो हटिया र काँक्रेसम्मको सडकखण्ड आसपासमा सरसफाइ गरिने भएको छ ।
मुख्य सडक मार्गमा फालिएका फोहर टिप्ने, पहिरो पन्छाउने, ढल, नालीसमेत सफा गरिने कार्य जारी रहेको नगर प्रमुख लामाले बताए । फूलबारीदेखि दाप्चा बजार हुँदै काँक्रे बजारसम्मको सडकखण्डमा हुने सरसफाइ कार्य सम्पन्न नभएसम्म जारी रहने नगरपालिकाले जनाएको छ ।
यसअघि पनि विश्व वातावरण दिवसको सन्दर्भ पारेर नगरपालिकाले बिपी राजमार्ग सडकखण्डअन्तर्गत भकुण्डेवेशी बजार क्षेत्रमा साताव्यापी सरसफाइ अभियान चलाएको थियो । बजारका विभिन्न स्थानमा फोहर फाल्ने भाँडा राखेपछि पहिलाको तुलनामा बजार सफा देखिएको स्थानीय बासिन्दा बताउँछन् । नगरको फोहर व्यवस्थापनका लागि अन्य पहलसमेत भइरहेको नगरपालिकाले जनाएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







