पोखरा । शिक्षासेवी जर्ज जोनको नाममा स्थापित प्रतिष्ठानले शिक्षासेवी सम्मान ,छात्रवृत्ति बितरण एबम २४ औ बार्शिकोत्सब कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्बी मान गुरुङले गण्डकी प्रदेशका शिक्षा सेबिहरुलाइ सम्मान गरेका हुन।
यसरी सम्मानित हुनेमा बेनि क्याम्पस म्याग्दिका पूर्ब अध्यक्ष बालकृष्ण सुवेदी , पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा. बिकास के सि, प्राध्यापक डा. मीन पून ,शितलादेबी सामुदायिक विद्यालय पोखराका अध्यक्ष टीका बहादुर कार्की ,महेन्द्र मा बि घार्मी पोखराका पूर्ब अध्यक्ष हुतराज शर्मा पौडेल ,पृथ्वीनारायण क्याम्पसमा बिगत ४३ वर्षदेखि कार्यरत कार्यालय सहायक मनसुबा थापा रहेका छन ।
उनीहरुलाइ दोसल्ला र सम्मान पत्रले सम्मान गरीएको हो । साथै सो अवसरमा विश्व विद्यालय तथा विद्यालय तहमा अध्ययनरत विभिन्न विद्यालयहरुलाइ विपन्न तथा जेहेन्दार छात्रवृत्ति समेत बितरण गरिएको थियो ।
यसरी छात्रवृत्ति पाउनेमा पोखराको पृथ्वीनारायण क्याम्पसको बिज्ञान संकाय तेश्रो र दोश्रो बर्षमा अध्ययनरत सरिता सुनार र लिलाधर भट्ट तथा भद्रकाली मा.वि कक्षा पाँचमा अध्ययनरत करण बोहोरा रहेका छन ।
सम्मान गर्दै प्रदेश प्रमुख गुरुङले असल गुरु जर्ज जोनलाई भगवानको उपमा दिदै समग्र गण्डकी प्रदेशलाइ शिक्षाको ज्योती फैलाउन उनको कार्य अतुलनिय योगदान रहेको बताए ।
सो अवसरमा सम्मानित ब्यक्तिहरूको तर्फबाट बालकृष्ण सुवेदी ,प्रा . डा . बिकास केसी,पृथ्वीनारायण क्याम्पसका प्रमुख प्रा डा सरोज कोइराला, पोखराका मेयर धनराज आचार्य , प्रतिष्ठानका उपाध्यक्ष राम गोपाल ढेवाजु, प्रतिष्ठानका सदस्य अर्जुन अधिकारी लगाएतले मन्तव्य ब्यक्त गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष गेहेन्द्रश्वर कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका स्वागत सदस्य अरुणा शेरचनले गरेकी थिएन भने सञ्चालन सचिव राजिव पहारीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







