घरभाडा सरोकार समितिको रक्तदान कार्यक्रम भोलि केदारेश्वर मन्दिर परिसरमा हुने


     एभरेस्ट आवाज    
     श्रावण २२ गते २०७९ मा प्रकाशित




पोखरा, साउन २२

नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीको रक्तदान कार्यक्रम भोलि सोमबार पोखरामा हुँदैछ । समितिको आयोजनामा सोमबार पोखराको केदारेश्वर महादेव मन्दिर प्राङ्गणमा रक्तदान कार्यक्रम हुने भएको हो ।

मन्दिरको मुख्य प्रवेश द्वार नजिकै हुने रक्तदान कार्यक्रम विहान ७ः३० बजेबाट शुरु हुने समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले जानकारी दिए । सोमबार बोलबममा आउने भक्तहरुसमेत सहभागि हुन सकुन् भनेर मन्दिर परिसरमै रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए ।

पोखरासहित देशैभर रगतको अभाव भएको जानकारी आएकाले आफूहरुले रक्तदान कार्यक्रम राखेको उनले जानकारी दिए । घरभाडामा लिने र दिने दुबै कार्यमा कुनैपनि किसिमका समस्या आएको खण्डमा सहजीकरण गर्दै आएको समितिले रक्तदानलगायतका विभिन्न सामाजिक कार्यपनि समानान्तर रुपमा गर्दै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।