जलेश्वर । महोत्तरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा जीतेन्द्र चौधरी विजयी भएका छन । गएराति सम्पन्न सङ्घको निर्वाचनको मत परिणामअनुसार प्रतिद्वन्द्वी जयनाथ प्रसादलाई छ मतले हराउँदै चौधरी विजयी भएका निर्वाचन अधिकृत सुरेशलाल कर्णले बताए । विजयी चौधरीले १२० मत प्राप्त गरेकामा प्रतिद्वन्द्वी प्रसादले ११४ मत प्राप्त गए ।
दुईसय ४७ मतदाता रहेको सो निर्वाचनमा २४३ मत खसेको थियो । तीन मत बदर भएको उनले जानकारी दिए । उक्त निर्वाचनमा सङ्घको प्रथम उपाध्यक्षमा पवनकुमार साह, द्वितीय उपाध्यक्षमा अजयकुमार साह, महासचिवमा अमरनाथप्रसाद गुप्ता, कोषाध्यक्षमा रविशङ्करप्रसाद, सचिवमा विजयकुमार साह निर्वाचित भएका छन ।
त्यसैगरी सदस्यमा सञ्जयकुमार पञ्जीयार, जगदीश महतो, नितेशकुमार साह, रामकुमार साह हलुवाइ, सूर्यप्रकाश साह, राकेशकुमार नायक, राजेशकुमार गुप्ता र महिला सदस्यमा शोभादेवी विजयी भएका निर्वाचन अधिकृत कर्णले बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







