पोखरा । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको २५ औँ वार्षिक उत्सवको अवसरमा गण्डकी प्रदेशका दिनेश बुढा मगर सम्मानित भएका छन् । यस्तै उत्कृष्ट महिलातर्फ बाग्मती प्रदेशकी रुविका खड्का सम्मानित भइन् ।
महासंघले आइतबार पोखरा रंगशालामा एक कार्यक्रमको आयोजन गर्दै उनीहरुलाई नगद १० हजार सहित सम्मान गरेको छ । उनीहरुलाई वर्षभरि प्रर्दशन गरेको आधारमा वर्ष उत्कृष्ट पुरुष तथा महिला खेलाडीबाट सम्मान गरिएको हो ।
यस्तै महासंघले सर्वाेकृष्ट प्रशिक्षकमा बाग्मती प्रदेशका गोपाल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा प्रदेश १ का राजेन्द्र धिमाल उत्कृष्ट संघतर्फ नवलपुर टेक्वान्दो संघलाई नगद १० हजार, प्रमाणपत्रबाट सम्मान गरेको नेपाल टेक्वान्दो महासंघका महासचिव अञ्जु रावलले जानकारी दिइन् ।
महासंघ २५ वर्षमा प्रवेश गरेको अवसरमा संस्थापक अध्यक्ष खड्क बहादुर रानाभाट र रामेछापको खाडादेवी गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तामाङलाई सम्मान गरेको उनले जानकारी दिइन् । तामाङले महासंघलाई गरेको सहयोगको प्रशंसा गर्र्र्दै उनलाई कार्यक्रमको अवसरमा सम्मान गरिएको हो ।
सम्मानित सबैलाई सम्मानपत्रसहित नगद १० हजार प्रदान गरिएको छ । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ, संघका पदाधिकारी लगायतले सम्मान गरेको थिए ।
२५ वर्षअघि जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भएको संघ २०६३ सालमा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







