पुस १७ देखि सञ्चालनमा आउँदै पोखरा अन्तरराष्ट्रिय विमानस्थल


     एभरेस्ट आवाज    
     श्रावण २३ गते २०७९ मा प्रकाशित




पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल आगामी पुस १७ (जनवरी १) देखि संचालनमा आउने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतवार बसेको संचालक समितिको बैठकले पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई उक्त मितिदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

प्राधिकरणका अनुसार सो विमानस्थलमा आगामी अक्टोबरमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुनेछ । करीब २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको उक्त विमानस्थलको ९८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । यो विमानस्थलको क्षेत्रफल २०० हेक्टर रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।