आज अगष्ट ९ तारिक अर्थात २८ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस ।
आजको दिन नेपाल लगायत विश्वभर आदिवासी दिवस मनाइन्छ ।
हरेक वर्ष अगष्ट ९ तारिकका दिन यो दिवस मनाइँदै आएको छ । वर्ष सन् २०२२ को अन्तर्राष्ट्रिय आदिवासी दिवसका लागि
‘The Role of Indigenous Women in the Preservation and Transmission of Traditional Knowledge’
अर्थात्
‘परम्परागत ज्ञान र सीपहरूको संवद्र्धन र हस्तान्तरणका लागि आदिवासी महिलाहरूको भूमिका’ भन्ने मूल नारा तय गरेको छ ।
नेपालमा पनि आदिवासी जनजातिजन्य संघसंस्थाहरुले ‘२८औं विश्व आदिवासी दिवस’ संयुक्तरुपमा एक हप्तासम्म मनाउँदैछन् । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजातिजन्य संघ संस्थाहरुले संयुक्तरुपमा विश्व आदिवासी दिवस मनाउँदैछन् ।
महासंघको संघीय कार्यालय भीमसेनगोलामा ‘२८औं विश्व आदिवासी दिवस–२०२२ मूल समारोह’ले यसअघि पत्रकार सम्मेलन गरेर यस वर्ष पनि विगतका वर्षहरुमा जस्तै विभिन्न कार्यक्रम गरेर विश्व आदिवासी दिवस मनाउने जानकारी दिइसकेको छ ।
दिवसको अवसरमा यस वर्ष मूल समारोहको रुपमा महासंघले आज नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यक्रम गर्दैछ ।
महासंघका अनुसार कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथिको रुपमा सहभागी रनेछन् । यसका साथै दिवसको अवसर पारेर महासंघका सम्बन्धनप्राप्त संघसंस्था र आदिवासी जनजातिजन्य ७ वटा संस्थाहरुको अगुवाइमा विभिन्न कार्यक्रम हुनेछ । मूल समारोहले पत्रकार सम्मेलनमार्फत ती संस्थाहरुको नेतृत्वमा हुने कार्यक्रमहरुको विषय, स्थान र समयसमेत सार्वजनिक गरिसकेको छ ।
२३ डिसेम्बर १९९४ को संयुक्त राष्ट्रसंघको साधारणसभाले ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडी बढाएको हो । संयुक्त राष्ट्रसघंले यसअघि नै सन् १९९४ देखि २००४ सम्म आदिवासी दशक समेत कर्म र मर्यादाका लागि दशक’ भन्ने नाराका साथ आव्हान गरेको थियो ।
संयुक्त राष्ट्र संघको आदिवासी समुदायको अधिकारसम्बन्धी घोषणापत्रको आर्टिकल १४ मा आदिवासी समुदायले आफ्नो संस्कृति, भाषा, रीतिरिवाज र चलनअनुरूप सुहाउँदो शैक्षिक प्रणाली, संस्थाहरू स्थापना र नियन्त्रण गर्न पाउने अधिकार दिएको छ । विभिन्न अध्यनहरुले स्पष्टसँग आदिवासी र गैर आदिवासी समुदायबिच शैक्षिक अवसर, विकास अनि समष्टिगत रूपमा मानवअधिकारका सुविधाहरूमा भएको ठुलो असमानता देखाउँदछ । आफ्नो पहिचान र थलोका लागि पुस्तौँदेखि एक ठाउँमा खनी–खोस्री, प्रकृतिसँग पौंठेजारी खेल्दै आएका आदिवासी समुदाय विश्व कोलागि प्राचीन सम्पत्ति हो । र, उनीहरूको पहिचानलाई कायम राख्दै विकासको मूलधारमा ल्याउनु विश्व समुदायको प्रमुख चुनौती बनेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पाेखरा, १२ साउन । नेपाल रेडक्रस सोसाइटी कास्कीले ६१ औँ रक्तसञ्चार सेवा…





