बागलुङ नगरपालिका–१ माझीबस्तीमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले तीन वर्षअघि सुरु गरेको माझी बस्ती लिफ्ट योजनाको पूर्वाधार निर्माण सम्पन्न भएको एक वर्ष भयो । तर धारामा पानी आएको छैन । माझी समुदायलाई पानी लिन कालीगण्डकी पुग्नुपर्ने बाध्यता छ ।
बागलुङ नगरपालिकाको पहलमा रामरेखा स्थित कालीगण्डकी किनारामा तीन वर्षअघि मात्रै जग्गा खरिद गरेर नयाँ घर व्यवस्थापन गरिएको थियो । माझी बस्तीमा १४ नमुना घर पाए पनि अन्य सेवा सुविधा पाउन सकेका छैनन् । नमुना बस्तीमा एक घर एक धारा वितरणका लागि तीन वर्षअघिदेखि सुरु भएको खानेपानी आयोजना सकिए पनि पानी भने खस्न सकेको छैन ।
उपभोक्ता समिति, वडा कार्यालय र खानेपानी तथा सरसफाइ कार्यालयको समन्वय अभावमा योजना सम्पन्न भए पनि पानी आउन नसकेको हो । ‘एक घर एक धारा’ पु¥याउने माझी बस्ती खानेपानी आयोजना निर्माण गर्दै झण्डै ३० लाख रुपैयाँ खर्च भइसकेको छ । कालीगण्डकी किनाराको खानेपानीलाई लिफ्टमार्फत करिब ५०० मिटर माथि तानेपछि नमूनामा बस्तीमा खानेपानी वितरण गर्ने योजना अधुरै बनेको बागलुङ नगरपालिका–१ का वडाध्यक्ष जयबहादुर केसीले बताए । उनले आफूहरू निर्वाचित भएर आएसँगै आयोजना अघि बढाउन काम थालेको बताए ।
माझी बस्ती खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष कृष्ण माझीले कोरोना महामारीका कारण खानेपानी योजना समयमै नसकिएको र अहिले विद्युत् जडानको काम नहुँदा पानी आउन नसकेको बताए । माझीले कोरोनामा आफैँ बिरामी भएर महिनौँ बस्दा आयोजनामा समय दिन नसकेको भन्दै खानेपानी कार्यालयसँग समन्वय गरेर विद्युत् जडान गरी पानी तान्नका लागि पहल गर्ने बताए ।
उनले १४ घरमा धारा निर्माण, ट्याङ्की तथा वितरण पाइपलगायत भौतिक पूर्वाधारमा खानेपानी कार्यालयको ३० लाख रुपैयाँ खर्च भइसकेको जानकारी दिएका छन् । अध्यक्ष माझीले माझी बस्तीमा हिउँदमा खानेपानी अभाव भएको भन्दै हिउँदसम्म खानेपानी धारामा ल्याउने गरी सरोकारवाला निकायलाई जवाफदेही बनाउने बताए ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी तथा इन्जिनियर ईश्वरीप्रसाद शर्माले हिउँदभित्रै माझी बस्तीमा खानेपानी ल्याउने गरी कार्यालयले काम गर्ने बताए । ‘हामीले आयोजना सम्पन्न भयो भन्ने हिसाबले अघिल्लो दुई आर्थिक वर्षअघिको योजनालाई हे¥यौँ, पानी खसाल्ने काम उपभोक्ता समितिको समन्वयममा हुन पथ्र्यो, अब हामी स्थलगत अनगुमनपछि आवश्यक बजेट खर्चेर पानी तान्ने उपकरण जोड्नेछौँ’, शर्माले भने, ‘हिउँदभित्रै माझी बस्तीमा लिफ्टमार्फत खानेपानी पु¥याउँछौँ ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







