नेपाल क्रिकेट संघ (क्यान) ले भारतका मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको छ ।
क्यानले सोमबार प्रेश विज्ञप्ती जारी गर्दै प्रभाकरलाई प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको हो ।
हालै टोलीका प्रशिक्षक पुबुदु दसानायकेले राजीनमा दिएपछि नेपाली टोली प्रशिक्षक विहिन बनेको थियो । क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीसँग समन्वय गरेर नयाँ प्रशिक्षक नियुक्त गरेको पनि उल्लेख गरेको छ । प्रभाकर भारतको पूर्व राष्ट्रिय खेलाडी हुन् । उनले भारतका लागि २९ टेस्ट र एक सय ३० एकदीवसीय खेल खेलेका छन् ।
अफगानिस्तान टोलीको पूर्व प्रशिक्षक समेत रहेका प्रभाकरले दिल्लीलाई भारतको चर्चित रणजी ट्रफी जिताएका छन् । उनले राजस्थान र भारतको उत्तर प्रदेशको प्रशिक्षण समेत सम्हालिसकेका छन् । नेपाली क्रिकेट टोलीको प्रशिक्षक बन्न पाएकोमा प्रभाकरले खुशी ब्यक्त गरेको पनि क्यानले जनाएको छ ।
आइसीसी विश्व लिग–२ खेलिरहेको नेपालले केन्यासँग पाँच वटा टी–२० र दुई वटा एकदिवसीय सिरिज खेल्नुअघि प्रभाकरलाई प्रशिक्षक नियुक्त गरेको हो । नेपाली टोलीले केन्यासँग यही अगस्ट तेस्रो साता सिरिज खेल्ने तयारी गरेको छ । सिरिजको संपूर्ण खर्च केन्या क्रिकेट एसोसिएसनले गर्ने बताइएको छ । नेपाली टोली अगस्ट १७–१८ तारिख केन्या जाने बताईएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ सेदीमा आज…





