मालीको आतङ्ककारी हमलामा सैनिक र सर्वसाधारण मारिए


     एभरेस्ट आवाज    
     श्रावण २४ गते २०७९ मा प्रकाशित




मालीमा आइतबार भएको एक आतङ्ककारी हमलामा परेर चार जना सैनिकको ज्यान गएको छ ।

यहाँका चार जना सैनिक मारिएका मालीको सैनिक संगठनद्धारा आइतबार प्रकाशन गरिएको विज्ञप्तिमा जनाएको हो ।

साथै सो हमलामा परेर अरु दुई जना सर्वसाधारण पनि मारिएका छन् । सैनिकहरुको गस्तीमा मालीमा रहेको एक आतंककारी समूहले बम हमला गरेको थियो ।

सो हमलापछि गस्तीमा रहेको मालीको सेनाले पनि आक्रमण गरेको थियो । उक्त आक्रमणमा पाँच जना सो समूहका सदस्य पनि मारिएका छन् ।

मालीको सैनिकले प्रकाशन गरेको विज्ञप्तिमा सो समूहले मालीको सैनिक गस्तीमा हमला गरेको र त्यसपछि मालीको सैनिकले पनि जवाफी फायर गरेको तथा त्यसमा परी आतंककारी समूहका पाँच जना सदस्य मारिएको बताइएको छ ।

रासस/सिन्ह्वा


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।