बागमती । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले अपराध नियन्त्रणसँगै दण्ड सजायलाई रचनात्मक बनाउनुपर्ने बताएका छन । बागमती प्रदेश प्रहरी कार्यालय हेटाँैडाले आज यहाँ आयोजना गरेको प्रदेशस्तरीय अपराध अुसन्धान समीक्षा गोष्ठीमा बोल्दै उनले अपराध नियन्त्रणसँगै दण्ड सजयालाई समेत रचनात्मक बनाएर लैजानुपर्ने बताईन । अहिले चलेको परम्परागत ढङ्गको अनुसन्धालाई परिस्कृत र परिमार्जित गर्दै लैजान सक्नुपर्ने उनको भनाइ थियो । यसका लागि अनुसन्धान अधिकारीको क्षमता विकास र अपराध नियन्त्रणको विषयमा काम गर्नुपर्ने खनालले बताए ।
कार्यक्रममा वक्ताहरुले पछिल्ला दिनहरुमा हुने गरेका अपराधहरु घरपरिवार, चिनजान भएका व्यक्ति र आफन्तहरुबाट बढी हुने गरेको बताएका थिए । हेटाँैडाका मुख्यन्यायाधिवक्ता श्यामनारायण श्रेष्ठले शान्ति सुरक्षा कायम राख्नका लागि अपराध अनुसन्धानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । अहिले अपराधको स्वरुप परिवर्तन भएको भन्दै उहाँले समाज जटिलतातर्फ जाँदै गरेको बताए ।
साइबर अपराधका विषयमा कक्षा ८ देखि १२ सम्मको पाठ्यक्रममा विषयवस्तु समावेश गर्न सके अपराध नियन्त्रणमा सहज हुने उनले बताए । प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले समयअनुसार अपराधका प्रकृति र प्रवृत्तिमा परिवर्तन आउने भए पनि नेपालमा एक्कासि परिवर्तन देखिएको बताए । पछिल्लो १५ वर्षमा अपराधमा परिवर्तन आएको बताए । जिल्ला न्यायाधीश रिपेन्द्र थापाले अपराधको अनुसन्धानमा अधिकृत स्वतन्त्र हुनुपर्ने बताए । अनुसन्धान अधिकृतले अध्ययन गर्ने बानी बसाल्न सकेमा अपराधीले उन्मुक्ति पाउन नसक्ने उनको भनाइ थियो ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङ, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्य, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल, उच्च सरकारी वकिल कार्यालय हेटौँडाका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठ लगायतले बिना दबाब स्वतन्त्र ढङ्गले अनुसन्धान गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १० साउन ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा…





