सांकेतिक तस्विर
बाजुरा । स्थानीय तहको निर्वाचनपछि निर्वाचन आयोगले सुरु गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन अन्र्तगत दुई महिनामा एक हजार तीन सय ७९ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । असारबाट सुरु भएको फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य सरकारले सङ्घ र प्रदेशको निर्वाचन गर्ने घोषणापछि साउन १९ गतेबाट मतदाता नामावली सङ्कलन रोकिएको छ । साउन १९ सम्म जिल्लामा एक हजार तीन सय ७९ मतदाताले नामावली भरेको जिल्ला निर्वाचन कार्यालय बाजुराका सूचना अधिकारी विशाल पुडासैनीले बताएका छन ।
फोटोसहितको मतदाता नामावली जिल्ला बाहिरका १३ जनाले पनि बाजुराबाट नाम दर्ता गराएको सूचना अधिकारी पुडासैनीको भनाइ छ । नयाँ थपिएसँगै जिल्लामा ८८ हजार दुई सय १४ मतदाता सङ्ख्या पुगेको छ । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ८६ हजार आठ सय ३५ मतदाता रहेका थियो ।
मतदाता नामावलीमा नाम दर्ता गराएकामध्ये केहीको उमेर नपुगेर घट्न सक्ने जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी नवराज अवस्थीले बताएका छन । जिल्ला बाहिर दर्ता गराएको नामावली कार्यालयमा नआएको कारण एकिन तथ्याङ्क यही हो भन्न नसकिने जिल्ला निर्वाचन अधिकारी अवस्थीको भनाइ छ । गर्न मङ्सिर ३ गतेसम्म १८ वर्ष पूरा गरेकाले मतदान गर्न पाउने निर्वाचान आयोगले निर्णय गरेको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ सेदीमा आज…





