पोखरा श्रावण २४ गते
पोखरा टे«ड मल एण्ड हाउजिङ्ग प्रा.लिले मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा ८४ युनिट रगत संकलन भएको छ । पोखरा ट्रेडमलले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रमको प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले पहिलो रक्तदातालाई ब्लडब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।

प्रा.लिका प्रबन्ध निर्देशक श्री मिनराज काफ्ले ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा प्रालिका सञ्चालक सन्तोष कुमार घिमिरेले स्वागत गरेको कार्यक्रममा स्थानिय बुद्धमार्ग टोल विकास समितिका अध्यक्ष तथा नेपाल यातायात व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष ऐनकुमार साई तथा सिद्धार्थचोक चिप्लेढुङ्गा व्यवसायी समितिका अध्यक्ष देवबहादुर भुजेलले रक्तदानको महत्वबारे प्रकाश पारेका थिए ।
रक्तदान कार्यक्रम क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा आयोजना गरिएको ट्रेडमलका कमल खनालले जानकारी दिए ।
कार्यक्रममा प्रा.लिका प्रबन्ध निर्देशक मिनराज काफ्लेले क्षेत्रिय रक्तसंचार केन्द्र पोखरासहित रक्तदाताहरुलाई प्रशंसा पत्र प्रदान गर्दै धन्यवादसमेत ज्ञापन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । हुन्डाईको नयाँ कम्प्याक्ट एसयूभी ‘द अल न्यू हुन्डाई भेन्यु’ पोखरा…






