पोखरामा लागु औषधसहित ४ जना पक्राउ


     एभरेस्ट आवाज    
     श्रावण २५ गते २०७९ मा प्रकाशित




कास्की प्रहरीले पोखरामा लागु औषधसहित ४ जनालाई पक्राउ गरेको छ।

कास्कीको अन्नपूर्ण–९ इन्द्रबहादुर गुरुङ, पोखरा–१३, बाँझापाटनका विकास गुरुङ, भलामका सावन बि.क. र बगालेटोलका कुमार गुरुङलाई लागु औषधसहित पक्राउ गरेको हो।

खत्रीचोक बस्दै आएका इन्द्रमानको साथबाट गत शनिबार डाइजापाम ५३, फेनेरागन ५३, एम्पुल नर्फिन ५३ गरी १५९ एम्पुल लागु औषधसहित प्रहरीले पक्राउ परेका हुन्। उनलाई लागु औषधसहित मुद्दामा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको कास्की प्रहरीले जनाएको छ।

त्यस्तै, विकास गुरुङले चलाउने स्कूटरबाट गत शनिबार डाइजापाम २५, एम्पुल, पेनेरागन २५ एम्पुल, र नुर्फिन २५ एम्पुल गरी ७५ एम्पुल लागु औषध फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विकासलाई पनि कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

त्यसैगरी, सावन बि.क.को साथबाट डाइजापाम १७ एम्पुल, फेनेरागन १७ एम्पुल र नुर्फिन १६ एम्पुल गरी ५० एम्पुल लागु औषधसहित गत सोमबार पक्राउ परेका हुन्। सावनलाई पनि कास्की जिल्ला अदालतबाट लागु औषधसम्बन्धी मुद्दामा छ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको कास्की प्रहरीले जनाएको छ।

त्यस्तै, कुमार गुरुङको साथबाट सोमबार डाइजापाम २८ एम्पुल, फेनेरागन ३० एम्पुल र नुर्फिन २८ एम्पुल गरी ८६ एम्पुल लागु औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कुमारलाई पनि कास्की जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।