पोखरा आउँदै राष्ट्रपति भण्डारी


     एभरेस्ट आवाज    
     श्रावण २५ गते २०७९ मा प्रकाशित




राष्ट्रपति विद्यादेवी भण्डारी साउन ३१ गते पोखरा आउँदै छिन् ।

पोखराको वाटुलेचौरस्थित विन्ध्यवासिनी माघ्यमिक विद्यालयको हीरक जयन्ती कार्यक्रमको समापन तथा नवनिर्मित ३२ कोठे भवनको उद्घाटन गर्न पोखरा आउने वताइएको छ ।

कार्यक्रमलाई व्यवस्थित वनाउन तथा सवै क्षेत्रसँगको समन्वय र प्रचार प्रसारलाई तिव्र पारिएको हीरक जयन्ती मुल आयोजक समितिले जनाएको छ ।

समापनका अवसरमा राष्ट्रपति भण्डारीले राष्ट्रिय पुर्ननिर्माण प्रााधिकरणको सहयोगमा नव निर्मित ३२ कोठे पक्की भवनको उद्घाटन गर्नेछिन्।

त्यसअघि, हीरक जयन्तीको अवसरमा विद्यालयले साउन २९ गते पुर्नमिलन कार्यक्रम आयोजना गरेको छ ।

उक्त कार्यक्रममा भूपू विद्यार्थी , पूर्व विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, पूर्व शिक्षक, कर्मचारी लगायतकाको उपस्थिति रहने वताइएको छ । सम्मान तथा सांस्कृतिक कार्यक्रम र कार्यशाला घोषणापत्र सार्वजनिक गरिने समितिले जनाएको छ ।

वि सं २००४ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल करिव १ हजार ३ सय विद्यार्थी अध्ययनरत रहेका छन् भने दस जोड दुई तर्फ विज्ञान र व्यवस्थापन संकायमा कक्षा संचालन गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।