नेकपा एमालेले दल दर्ता गरायो


     एभरेस्ट आवाज    
     श्रावण २५ गते २०७९ मा प्रकाशित




एमालेले चुनावका लागि दल दर्ता गराएको छ ।

निर्वाचन आयोगले आगामी मंसीर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन गराउने भएसँगै एमालेले मंगलवार दल दर्ता गराएको हो ।

दल दर्ता गराउन एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाल लगायतका नेता निर्वाचन आयोग पुगेका थिए ।

नेकपा एमाले १० औं नम्बरमा दर्ता भएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।