लमजुङका दुई विद्यालयका विद्यार्थी र शिक्षकमा भाइरल रुघाखोकी र ज्वरो देखिएको छ ।
बेंसीशहर नगरपालिका–७ को जनविकास मावि र युनिर्भसल एकेडेमीका विद्यार्थी र शिक्षकमा भाइरल रुघाखोकी र ज्वरो देखिएको हो ।
ती विद्यालयहरुमा भाइरल रुघाखोकी र ज्वरो देखिएपछि विद्यालय नै बन्द गरिएका छन्।
जनविकास माविका डेढ सयभन्दा बढी बिरामीमा रुघाखोकी र ज्वरोको समस्या देखिएको छ । विद्यालय आएका ५० भन्दा बढी विद्यार्थीमा समस्या देखिएको र एक सय बढी विद्यार्थी बिरामीका कारण विद्यालयमा उपस्थित हुन नसकेपछि बुधबार र बिहीबार विद्यालय बन्द गरिएको हो । जनविकासमा एक हजार दुई सय विद्यार्थी अध्ययनरत छन् ।
युनिर्भसल एकेडेमीका तल्लो तहका विद्यार्थीमा रुघाखोकी र ज्वरोको समस्या बढी देखिएको हो। यसरी, भाइरल रुघाखोकी र ज्वरो देखिएपछि युनिभर्सल एकेडेमी निजी विद्यालय पनि बन्द गरिएको छ । नर्सरीदेखि ५ कक्षासम्मका ५० जना विद्यार्थीमा समस्या देखिएको हो । ६ देखि माथिका विद्यार्थीमा भने समस्या देखिएको छैन । नर्सरीदेखि कक्षा पाँचसम्म सय पाँच विद्यार्थी छन् ।
बेंसीशहरको जनविकास मावि र युनिभर्सल एकेडेमीको विद्यार्थीमा स्वास्थ्य समस्या देखिएपछि पाँच कक्षासम्म बन्द गरिएको बेँसीशहर नगरपालिका शिक्षा शाखाले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समुदायको बिकास सहभागिता उदेश्य राखी स्थापना भएको सराङकाेट बहुउद्देश्यीय सहकारी संस्था को…







