पाकिस्तानमा पत्रकार पक्राउ, रिहा नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी


     एभरेस्ट आवाज    
     श्रावण २६ गते २०७९ मा प्रकाशित




पाकिस्तानभरका पत्रकारले एआरवाई न्यूजका प्रमुख अम्माद युसुफको गिरफ्तारीको निन्दा गरेका छन् ।

पत्रकारहरुले युसुफको तत्काल रिहाइको माग समेत गरेका छन् ।

उनलाई बुधबार त्यहाँबाट पक्राउ गरिएको हो। सादा पोशाकमा प्रहरी अधिकारीहरू उनको घरमा जबरजस्ती प्रवेश गरेका थिए ।

पत्रकार संघ र प्रेस क्लबले एआरवाई न्यूजका प्रमुख युसुफको गिरफ्तारीलाई पीडकको कार्य भन्दै उनलाई तत्काल हिरासतमुक्त नगरे देशव्यापी आन्दोलन आह्वान गर्ने चेतावनी समेत दिएका छन् । पाकिस्तान फेडरल युनियन अफ जर्नलिस्टले वक्तव्य जारी गर्दै सरकारको लज्जास्पद कारबाहीको विरोध गरेको छ ।

उनले प्रधानमन्त्री शहबाज सरिफले युसुफलाई तत्काल रिहा गर्न आदेश दिनुपर्ने बताएको छ । (पीएफयुजे)का महासचिव एएच खानजादाले युसुफलाई तत्काल रिहा नगरिए पत्रकारले देशव्यापी आन्दोलनको आह्वान गर्ने बताए । अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध कुनैपनि हालतमा नसहने कराँची प्रेस क्लबका सचिव रिजवान भट्टीले भनेका छन् ।

देशको सबैभन्दा ठूलो निजी प्रसारक च्यानललाई पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले सोमबार कारण देखाउ सूचना पठाएपछि युसुफको गिरफ्तारी भएको हो ।

यसैबीच, नेटवर्कका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सलमान इकबालसहित अन्य दुई ‘एङ्कर’विरुद्ध देशद्रोहको मुद्दा दायर गरिएको छ । उनीहरूमार्फत देशद्रोह र कथित षड्यन्त्रको आरोप लगाइएको छ ।

रासस/एएनआई


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।