पोखरा, साउन २६
पोखरामा शनिबार छेलो (ठेलो) प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीको आयोजनामा शनिबार पोखराको टुँडिखेलमा खुल्ला छेलो प्रतियोगिता हुने भएको हो ।
स्वस्थताका लागि खेल, संस्कृतिको पहिचान, खेल प्रेमीहरुलाई एकताबद्ध गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष दुर्गादत्त पोखरेलले जानकारी दिए । ‘पुराना खेलहरुको उजागर र संरक्षण गर्नेपनि हाम्रो उद्देश्य हो’–उनले भने ।
पोखराको पुरानो टुँडिखेलमा आयोजना हुने प्रतियोगिता शनिबार विहान ७ः३० बजेदेखि शुरु हुने कार्यक्रम संयोजकसमेत रहेका अध्यक्ष पोरखेलले बताए ।
प्रतियोगितामा सहभागि हुन दर्ता शुल्क २ सय तय गरिएको महासंघ कास्कीका सचिव शिवराज सुवेदीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १० साउन ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा…





