कास्कीमा एक वृद्धको उदाहरणीय कार्य : चौरासी पूजामा लाग्ने खर्चले विद्यालयमा अक्षयकोष स्थापना


     एभरेस्ट आवाज    
     श्रावण २६ गते २०७९ मा प्रकाशित




पोखरा, साउन २६

कास्कीका एक वृद्धले चौरासी पूजा गर्ने खर्चले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । कास्कीको रुपा गाउँपालिका वडा नम्बर १ निवासी कृष्णमुरारी खनालले आफ्नो चौरासी पूजा गर्ने खर्चले स्थानिय एक विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । खनालले आफू ८४ वर्ष प्रवेश गरेको अवसरमा विहीबार रुपा–१ स्थित कालिका माध्यमिक विद्यालयमा ५० हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

अक्षयकोष स्थापना घोषणा कार्यक्रममा बोल्दै खनालले चौरासी पूजा भन्दा अध्यक्षकोष स्थापना गरेर कुनै विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पून्य हुने लागेर अक्षयकोष स्थापना गरेको बताए । ‘मलाई चौरासी पूजा भन्दा छात्रवृत्ति उपलब्ध गराउनु पून्य काम हो भन्ने लाग्यो । त्यसैले पून्य मध्येको पून्य काम रोजेको हुँ’–उनले भने ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास खनालले अक्षयकोष स्थापना गर्ने वृद्ध खनाललाई विद्यालयको तर्फबाट सम्मान गरिएको बताए । ‘वास्तवमा उहाँ उदाहरणीय व्यक्ति हुनुहुन्छ । उहाँबाट समाजका अन्यलेपनि सिक्नुपर्छ’–उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।