काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको दिगो समाधान गर्न ध्यानाकर्षण गराएका छन । बैठकमा सांसदहरुले केन्द्र र स्थानीय सरकारबीचको समन्वय प्रभावकारी नहुँदा फोहरले सडकमा सवारी जाम हुने स्थिति उत्पन्न भएको टिप्पणी गरे ।
नेकपा एमालेका सांसद योगेश भट्टराईले काठमाडौँमा फोहर नउठेको आज १४ दिन भइसक्दा पनि सरकारबाट कुनै पहल नभएको जनाउँदै काठमाडौँवासीमा हैजा र झाडापखाला हुनसक्ने खतरा उत्पन्न भएको बताए ।
उनले सांस्कृतिक सहर काठमाडौँको विकासका लागि एमालेसँग सहकार्यमा आउन महानगर प्रमुख बालेन्द्र शाहलाई आग्रह पनि गरे । एमालेका सांसद भूमि त्रिपाठीले पनि काठमाडौँका सडकमा देखिएका फोहरका थुप्रोले यहाँको सभ्यतामा प्रश्नचिह्न खडा गरेको बताए ।
बैठकको शून्य र विशेष समयमा सांसदहरुले राष्ट्रिय सरोकारका विषयमा ध्यानाकर्षण गराएका थिए । सांसद राजन केसी, निरु पाल, रामवीर मानन्धर, हितबहादुर तामाङ, यज्ञराज सुनुवार, प्रेम सुवाललगायतले विविध विषयमा ध्यानाकर्षण गराएका थिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ सेदीमा आज…





