फाइल तस्विर
रामपुर । तानसेनको भुल्के खानेपानीमा सोलार प्यानल जडान गरिएको छ । विद्युतीय बिलिङ घटाउन चार नम्बर पम्पमा १५ किलोवाट क्षमताको सोलार प्यानल जडान गरिएको हो । लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले तानसेनभित्र ल्याउने खानेपानीको बिलिङ अत्यधिक भएकाले यसलाई कम गर्न सोलार प्यानल जडान गरिएको बताए ।
खानेपानीमा सहज पहुँच पु¥याउनका लागि संरचना दिगो बनाउने र बिलिङ घटाउने विषयलाई प्राथमिकता दिइने मन्त्री रानाले बताए । तानसेन खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष भीमसेन कार्कीले भुल्केमा हुने विद्युत् गडबढी र कालीगण्डकीको योजना ढिलाइ हुँदा पनि खानेपानीको अभाव भएको बताए ।
तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले नागरिकलाई खानेपानी सहज ढङ्गले वितरण गर्ने अवस्था मिलाउन तानसेन खानेपानी उपभोक्ता समिति सक्रिय हुनुपर्ने बताए । नागरिकले सहजरुपमा खानेपानी नपाउने अवस्थाको अन्त्य गर्नुका साथै विद्युत्को बिल घटाउन पनि वैकल्पिक ऊर्जाले सहयोग पुग्ने उनी बताउछन ।
मन्त्री राना र नेपाल नविकरणीय ऊर्जा कार्यक्रम, बेलायती राजदूतावासका प्रतिनिधिसहितको टोलीले स्थलगत निरीक्षण गरी सोलार प्यानलको थप सम्भाव्यताबारे छलफल गरेको हो । नेपाली कांग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले अहिलेको वितरण प्रणालीलाई समेत वैज्ञानिक ढङ्गले अघि नबढाउँदासम्म सधैँ अभाव झेल्नुपर्ने बताए ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजेन्द्र विकले वर्षायाममा समेत सात देखि १० दिनमा घरको धारामा पानी आउने भएकाले नागरिलाई सहज ढङ्गले खानेपानी वितरणका लागि सबैको सहयोग हुनुपर्ने बताए ।
नेकपा एकीकृत समाजवादीका प्रतिनिधि तथा पूर्वसांसद यादवबहादुर रायमाझी तानसेनमा प्रतापशमशेरका पालादेखि नै पानीको दुःख रहेको इतिहास रहेकाले नागरिकले अहिलेसम्म पनि पानीकै झमेला बेहोर्नु परेको बताउछन ।
तानसेनको खानेपानी महँगो भएकाले यसको बिलिङ घटाउन नविकरणीय ऊर्जाको प्रयोगलाई बढाउनसके फाइदा पुग्नेछ । जिल्लाको भैरवस्थान, बतासेडाँडा क्याम्पस, चापपानी, बराङ्दी र खानीगाउँ क्षेत्रमा समेत सोलार राख्ने विषयमा अध्ययन भइरहेको छ । यसैगरी बतासेडाँडामा सोलारबाट १०९ किलोवाट बिजुली निकाल्नका लागि अध्ययन गरिएको बताइएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







