बाँके । श्रीमानको उपचारमा सात लाख रुपँैया खर्च भयो । तर पनि रोग निको नभएको बाँके बैजनाथ गाउँपालिका ३ कि शर्मिला थारुको गुनासो छ । शर्मिलाका श्रीमान्लाई सिकलसेल एनिमिया भएको छ । यो रोगको उपचार खर्चिलो छ ।
यो रोग लागेमा पोषणयुक्त खानपान र रहनसहन व्यवस्थित गर्न सकियो भने सामान्य जीवन भने बाँच्न सकिने चिकित्सकको भनाइ छ । थारु समुदायमा देखिएको यो वंशाणुगत सर्ने रोग हो ।
यो श्रीमान्बाट श्रीमतीमा सर्दैन तर उनीहरुबाट जन्मेको बच्चामा सर्ने सम्भावना अधिक हुन्छ । विशेषतः नवलपरासी, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका थारु समुदायमा यो रोग बढी देखिएको छ ।
त्यसो त सरकारले यो रोगको परीक्षण र उपचारका लागि भेरी, सेती अञ्चललगायतका अस्पतालमा आवश्यक व्यवस्था मिलाएको छ । यसैगरी, निजीअन्र्तगत बाँकेको मेडिकल कलेज कोहलपुर, नेपालगञ्जको सिद्धार्थ अस्पताल र कैलालीको घोडाघोडी अस्पतालमा पनि यो रोगका उपचार हुन्छ ।
डा पाण्डेका अनुसार यो रोगको उपचारका क्रममा अहिलेसम्म १२ जनाले ज्यान गुमाइसकेका छन् । भेरी अञ्चल अस्पतालमा मात्रै अहिले दुई सय १५ जनाको उपचार भइरहेको छ ।
तथ्याङ्क अनुसार पश्चिम नेपालका करिब चार हजार थारुमा यो रोग देखा परेको छ । यो रोग अहिले विस्तारै योगी, बिसी र रैदास जातिमा पनि देखा पर्न थालेको छ । यसको रोकथामका लागि सरकारले छुट्टै नीति निर्माण गरी विशेष कार्यक्रम लागू गर्नुपर्ने सुझाव डा पाण्डेको छ । सरकारले रु एक लाख उपचारमा दिने गरेको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







