पोखरा । १५ अगस्त भारतीय स्वतन्त्रता दिवस । सन् १९४७ अगस्त १५ का दिन ब्रिटिस उपनिवेसबाट भारतले स्वतन्त्रता पाएको दिन । सोहि सन्दर्भमा पोखरामा अवश्थित भारतीय दुतावास पेन्सन पेइड.(पि.पि.) क्याम्पले सोमवार ७५ औं स्वतन्त्रता दिवस बिबिध कार्यक्रमका साथ मनाएको छ ।
पि.पि.क्याम्प पोखराका प्रमुख ले.क. सशांक त्रिपाठीले झण्डोत्तोलन गर्दै नेपाल भारत सम्बन्ध अझ सुमधुर हुन सकोस् भनि स्वतन्त्रता दिवसको शुभकामना दिए । त्रिपाठीले नेपाल भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र सामाजिक मात्र नभई रगतको नाता भएको बताए । उनले गोर्खा रेजिमेन्ट मार्फत गोर्खालीहरुले बगाएको रगतको चर्चा गर्दै सो योगदानको उच्च मूल्यांकन गरे । आफ्नो कार्यकाल पूरा गरि स्वदेश फर्कने तयारीमा रहेका त्रिपाठीले बिगतका बर्षहरुमा कोभिड १९ का कारण औपचारिक कार्यक्रम गर्न नपाएकोमा मनखत गर्दै यो बर्ष भेटघाटकालागि कार्यक्रम आयोजना गरेको जानकारी दिए ।
सो अवसरमा कार्यक्रममा नेपाल भारत मैत्री बिद्यालयका बिद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
समारोहमा आफ्नो कार्यकालमा उत्कष्ट सेवा गर्ने बिबिध डिपार्टमेन्टका भारत भुषण पाण्डे, तिर्थप्रसाद दंगाल, राजेन्द्र गिरी, दुर्गाप्रसाद सुबेदी, प्रेमबहादुर गुरुड., बिना थापा,कृष्णबहादुर पोडे, डोलबहादुर थापा लगायतलाई प्रशंसा पत्रकासाथ सम्मान गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







