काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका १० महिला नेत्रीलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आज किरण यादव महोत्तरी, राधा घले काठमाडौँ, धना खतिवडा ललितपुर, उर्मिला थपलिया धादिङ, रुक्मीणी कोइराला मोरङ, कल्याणी रिजाल काठमाडौँ, गोमा भट्टराई झापा, गङ्गा शाही रुपन्देही, लक्ष्मी खतिवडा सुनसरी र सीता देवकोटा नवलपुरलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन ।
सभापति देउवाले उनीहरुलाई पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य पदमा मनोनयन गरेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै आज सर्वोच्च अदालतमा निवेदन…





