माओवादीको चुनाव चिह्नमा लड्ने भए यी दलले चुनाव


     एभरेस्ट आवाज    
     श्रावण ३१ गते २०७९ मा प्रकाशित





काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन् । माओवादीको आजै बसेको स्थायी समितिको बैठकले डा बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीलाई आफ्नो चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको थियो ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराले समाजवादी पार्टीलाई आफूहरूको चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय भएको जानकारी दिए ।सोही निर्णयानुसार नै माओवादीका तर्फबाट केन्द्रीय कार्यालयका सदस्य शिव खकुरेल र समाजवादी पार्टीका केन्द्रीय कार्यालयकै मुख्यसचिव फणिन्द्र देवकोटालाई निर्वाचन आयोगमा त्यससम्बन्धी जानकारीका लागि पठाइएको छ ।

दुई दलले आयोगमा संयुक्तरूपमा निवेदन दिएका छन् । यस आधारमा अब माओवादीको निर्वाचन चिह्न हँसिया हथौडा प्रयोग हुनेछ । यस्तै राष्ट्रियसभा सदस्य वामदेव गौतमको नेतृत्वको नेकपा एकता अभियानले पनि माओवादीकै निर्वाचन चिह्न प्रयोग गर्नेछ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।