पोखरा । मानसिक स्वास्थ्यका विषयमा खुलेर कुरा गर्नुपर्नेमा पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
बुधबार राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराको आयोजना र कोशिश राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्वन संगठनको प्राविधिक सहयोगमा सम्पन्न एक कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
प्रत्येक ४ जना मध्य एक जनामा मानसिक स्वास्थ्य सम्बन्धी समस्या हुने गरेको भन्दै यसको बारेमा खुलेर आफ्ना समस्याहरुबारेमा छलफल गर्न आवश्यक रहेको उनीहरुको भनाई थियो ।
कार्यक्रममा मानसिक स्वास्थ्य सम्बन्धी डा रबिराज तिमिल्सिना र मानव अधिकारसम्बन्धी मानव अधिकार अधिकृत खिमलाल सुवेदीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
मानव अधिकार आयोग गण्डकी प्रदेश प्रमुख चन्द्रकान्त चापागाईले शान्ति सुरक्षासँगै आउन सक्ने विभिन्न खालका समस्या समाधानमा कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।
पछिल्लो क्रममा मानव अधिकार हनन्संगै आत्महत्याका घटनाहरु बढ्दो क्रममा रहेको पाइएकाले यस्ता घट्नाहरु रोकथामका लागि प्रहरीको भुमिक महत्वपूर्ण हुने भएकाले कार्यक्रमको आयोजना गरिएको कोशिश राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्वन संगठनका कार्यक्रम संयोजक सुदिप घिमिरेले बताए ।
कार्यक्रममा कास्कीका विभिन्न कार्यालयमा कार्यरत ५० बढी प्रहरी कर्मचारीहरुको सहभागिता थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







