लमजुङमा जीप दुर्घटना, १५ जना घाइते


     एभरेस्ट आवाज    
     भाद्र १ गते २०७९ मा प्रकाशित




पोखरा । लमजुङमा यात्रुवाहक जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

बुधबार जिल्लको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरामा ग १ ज ७४१७ नम्वरको जिप दुर्घटना हुँदा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

बेशीशहरबाट घनपोखरा जाँदै गरेको जिप घनपोखराको भाचे भन्ने स्थानमा सडकबाट २० मिटर तल खसेको थियो । घाइते मध्य १० जनाको अवस्था गम्भीर रहेको उनीहरुलाई उद्धार गरी लमजुङ जिल्ला अस्पताल लगिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।