नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथिको छलफल जारी छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९० का सम्बन्धमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले आफ्ना धारणा राख्नेक्रम जारी छ ।
सांसद अनिलकुमार झाले युवाको भविष्यलाई हेरेर नागरिकताबाट बञ्चित गर्न नहुने भन्दै बाबु र आमा नेपाली नागरिक भएर पनि नागरिकता नपाउँदा राज्यविहीन हुने अवस्था भएको बताईन । सांसद डा भीमबहादुर रावलले राष्ट्रियताको रक्षाका लागि राष्ट्रपतिले आफ्नो संवैधानिक कर्तव्य पूरा गरेको भन्दै नागरिकता जस्तो विषय गठबन्धनको घोषणाले नहुने तर वास्तविक नेपाली नागरिकता पाउनुपर्नेमा सबैको मत भएको धारणा राखे ।
सांसद महेश बस्नेतले नागरिकलाई नागरिकता दिने विषयमा कुनै पनि समस्या नभएको तर तेस्रो मुलुकका व्यक्तिले नेपाली नागरिक विवाह गर्दा नागरिकता लिएर यहाँ बस्छ भन्ने सोच्न नहुने धारणा राखे । सांसद तेजुलाल चौधरीले नागरिकताका कारणले पढ्न, विदेश जान, बैंक खातासम्म खोल्न नपाएर भविष्य अन्यौलमा परेको हुनाले विधेयक पास गर्नुपर्ने तर नागरिकताको दुरुपयोग गर्नेलाई कडा कारबाही गर्नुपर्ने बताए ।
सांसद गणेश पहाडीले आफैँले बनाएको संसद्को विनियमावलीलाई प्रयोग गरेर यो विधेयकलाई समितिमा लगी छलफल गरेर मात्र पास गर्नुपर्ने धारणा राखे ।
सांसद राधाकुमारी ज्ञवालीले राष्ट्रलाई फसाउने तरिकाले गठबन्धन सरकारले विधेयक ल्याएको र फिर्ता आएपछि पनि छलफल नै नगरी पास गर्न खोजेको आरोप लगाए । नागरिकता विधेयकमाथि सांसदहरुले धारणा राख्नेक्रम जारी छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ११ पोखरामा यहि भदौ २० गते शनिबार तायाःमचा नृत्य…





