पोखरा, भदौ २
निति प्रेस मिडिया प्रालिले नेपाली महिलाहरुको महान चाँड हरितालिका तीजको अवसरमा खुल्ला तीज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । निति प्रेसले तीजको अवसरमा वाई.यु.के.सुपरमार्केट प्रथम खुल्ला तीज गीत प्रतियोगिता–२०७९ आयोजना गर्न लागेको हो । प्रतियोगिता यहि भदौ ११ गते शनिबार पोखरा–१८ फेवाताल किनारस्थित वाई.यु.के.सुपरमार्केटको प्राङ्गणमा आयोजना गर्ने नीति प्रेसले विहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
‘कला, संस्कृतिको संरक्षण गरौं, पर्यटन प्रवद्र्धन गरौं’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको आयोजक नीति प्रेस मिडिया प्रालिका प्रमुख कार्यकारी निर्देशक माधव पोखरेलले बताए । ‘बढ्दो आधुनिकीकरण तथा विदेशी कला, संस्कृति, रितिरिवाज, चालचलने गर्दा हाम्रो मौलिक तिरिरिवाज तथा कला संस्कृति ओझेलमा पर्ला भन्ने चिन्ता भो । त्यहि भएर कला र संस्कृतिको संरक्षण गर्दै पर्यटनमा सघाउ पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्दैछौं’–उनले भने ।
खुल्ला तीज गीत प्रतियोगिता भएकाले जो कसैलेपनि प्रतियोगितामा सहभागि हुन पाउने निर्देशक पोखरेलले बताए । प्रतियोगितामा ३० समूह सहभागि हुने अपेक्षा गरिएको उनले बताए । प्रतियोगिताको अवसरमा प्रतियोगि समूहबाहेक ख्याती प्राप्त स्थानिय तथा राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुती रहने उनले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने समूहलाई ३० हजार, द्वितीय हुने समूहलाई २० हजार, तृतीय हुने समूहलाई १० हजारसहित प्रमाणपत्र प्रदान गरिने आयोजक नीति प्रेस ििमडया प्रालिले जनाएको छ । प्रतियोगिता आयोजना गर्न ३ लाख ७८ हजार खर्च लाग्ने अनुमान गरिएको निर्देशक कार्यक्रम संयोजक गणेश लम्सालले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







