माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै


     एभरेस्ट आवाज    
     भाद्र ३ गते २०७९ मा प्रकाशित




नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज (शुक्रबार) बस्दैछ ।

बिहीबार बस्ने भनिए पनि पटक–पटक सर्दै स्थगित आएको बैठक आज बस्न लागेको हो ।

बैठकबाट पदाधिकारीलाई अन्तिम रूप दिने माओवादीले जनाएको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ ।

आज पार्टीको अपूर्ण कमिटीहरुलाई पूर्णता दिने भएको छ । यसका लागि करिब–करिब पार्टीमा सहमति भइसकेको माओवादी केन्द्रले जनाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल भएको थियो ।

केन्द्रीय कमिटी, पोलिटव्यूरो, स्थायी कमिटी र पदाधीकारी आज बस्ने पार्टी स्थायी कमिटी बैठकले टुङ्गो लगाउने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।