पोखरा । वात्सल्य आई.भी.एफ. ले देशका प्रमुख ३ शहरहरुमा स्वास्थ्य शिविर गर्ने भएको छ । वात्सल्य आई भी एफले आफ्नो छैठौं वार्षिकोत्सवका अवसरमा उक्त शिविर आयोजना गरेको हो ।

शिविर भोलि शनिबार मेघा हेल्थकेयर, सभागगृह चौक, पोखरा गरिने छ भने ११ गते शनिबार निशा एड्भान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिक, विर्तामोड, झापामा तथा १८ गते शनिबार वात्सल्य हेल्थकेयर, नेपालगंज शाखा, बि.टि.एस.चौक, नेपालगंज, नर्सिंग होम अगाडि आयोजना गरिएको उक्त संस्थाले जनाएको छ । साथै संस्थाका अनुसार शिविर बिहान १० बजे देखि सुरु हुनेछ ।
निस्सन्तान सम्बन्धि संकुचित सोच, मिथ्या धारणा, कुण्ठा आदिका बारेमा रचनात्मक रुपमा जनचेतना फैलाउँदै आएको र आधुनिक उपचार विधिबाट ७० प्रतिशत सम्मको आई भी एफ सफलता दर हासिल गर्दै आएको छ । यसै अवसरमा यस क्लिनिकले २५०० भन्दा बढी दम्पतिलाई सन्तान प्राप्तिको खुशी दिइसकेको बताएको छ ।
साथै उक्त प्रजनन् उपचारमा काठमाडौं बाहिरका दम्पतिको पनि पहुँच बढाउन् देशका ३ प्रमुख शहरहरुमा स्वास्थ्य शिविर आयोजना गरिएको शिविरमा वरिष्ठ प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीको संलग्नता रहने प्रेस विज्ञप्ति मार्फत् जानकारी गराइएको छ।
शिविरमा सेवाग्राहीहरुले आफ्नो प्रजनन् अवस्था सम्बन्धि छलफल गर्न तथा निस्सन्तान हुनुको कारण पहिचान गर्न सक्ने छन् भने सम्भावित उपचार विधिबारे जानकारी पनि प्राप्त गर्न सक्नेछन्। साथै पूर्ण परीक्षण पश्चात आई. भी.नै गर्नुपर्ने भएमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
साथै शिविरमा भाग लिन नाम दर्ताका लागि ९८०१८२३४०१/९८०२३२०९९१ मा सम्पर्क गर्न सकिने छ भने जततउकस्ररधधध।खबतकबथिब।अयm।लउर लगईन गरि बुझ्न सकिने बताईएको छ । वात्सल्य आई.भी.एफ.ले कृष्णजन्माष्टमीको दिन आज छैठौ वार्षिकउत्सव मनाउदै छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







