पोखरा, भदौ
पोखरा गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माविका विद्यार्थीहरुले शुक्रबार कुकुरलाई खाना खुवाएका छन् । विद्यार्थीहरुलाई सामाजिक क्रियाकलापमा सहभागि गराउने र उनीहरुलाई पनि सामाजिक कार्य गर्न प्रेरित गर्ने उद्देश्यले ड्यूक अफ ईडनवर्ग यूके अवार्डमा आबद्ध पोखरा कुमुदिनी होम्सका विद्यार्थीहरुले पोखरा लेकसाईडमा रहेका छाडा कुकुरहरुलाई खाना खुवाउने कार्यक्रम गरेको हो ।

ड्यूक अफ ईडनवर्ग यूके अवार्डका को–अर्डिनेटर अभिषेक विश्वकर्माको नेत्रित्वमा सो संस्थामा आबद्ध २६ विद्यार्थीहरु कुकुरलाई खाना खुवाउने कार्यक्रममा सहभागि भएका थिए । समाजसेवी तथा पशुप्रेमी झरना नेपालीको सहयोगमा पोखरा लेकसाइड खहरेचोक देखी वाराहीचोकसम्मका ३० भन्दा बढि सडक कुकुरहरुलाई खाना खुवाएको विद्यालयकी शिक्षिका सजनी माजु श्रेष्ठले जानकारी दिईन् ।

उनका अनुसार विद्यार्थीहरुले विहान १० बजेदेखि १२ बजेसम्म कुकुरहरुलाई मासु, भात, विस्कुटलगायतका खानेकुराहरु खुवाएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







