गहना र कपडालाई प्रतिष्ठाको विषय बनाउन हुदैन् : उपप्रमुख गुरुङ


     एभरेस्ट आवाज    
     भाद्र ४ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरुले गहना र कपडालाई प्रतिष्ठाको विषय बनाउन नहुनेमा जोड दिए ।

आरकेडी उद्यमशिल महिला क्लबले पोखरामा आयोजना गरेको हरितालिका (तिज) विशेष कार्यक्रममा बोल्दै उनले महिलाहरु ब्यवसायी, शिक्षा र नेतृत्वलाई प्रतिष्ठाको विषय बनाएर अगाडी बढनुपर्नेमा जोड दिदै भने, ‘अव गहना र कपडा लगाउने प्रतिस्पर्धामा लागे महिला शसक्तिकरण र नेतृत्वमा स्थापित हुन सक्दैनौ ।

त्यसैले पुरुषसंग प्रतिस्पर्धा गर्नसक्ने गरी सक्षम हुनुपर्छ ।’ उनले अव महिला आर्यआर्जनसंग जोडिनुपर्नेमा जोड दिइन् । उनले महिलालाई सचेत र उद्यमी बनाउन पोखरा महानगरले उपप्रमुखसग महिला कार्यक्रम सञ्चालन गरिरहेको बताइन् । अव महिलाहरु चुलोचौकोमा सिमित हुन नहुने बताउदै उद्यमशीलतासंग जोडिनुपर्ने बताइन् ।

कार्यक्रम आरकेडी उद्यमशिल महिला क्लबका अध्यक्ष रीता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १५ का पूर्व वडा सदस्य पार्वती कार्की, उद्योग वाणिज्य संघका सदस्य मुना बास्तोला, हर्कबहादुर अधिकारी लगायतले बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।