रहेनन् कांग्रेस नेता प्रदीप गिरी


     एभरेस्ट आवाज    
     भाद्र ५ गते २०७९ मा प्रकाशित




काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको शनिबार राती निधन भएको छ ।

प्रतिनिधिसभा सदस्य समेत रहेका ७५ वर्षीय गिरीको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा राती ९ : २६ मान निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

घाँटीको क्यान्सरको उपचार गराएर भारतबाट फर्किएका गिरिलाई निमोनिया भएपछि करिब एक महिनादेखि ललितपुरको मेडिसिटी अस्पतालमा राखेर उपचार भइरहेको थियो । शुक्रबारमात्रै उनलाई भेन्टिलेटरबाट निकालेर आईसियुमा राखिएको थियो ।

२०१७ सालबाट नेपाली राजनीतिमा लागेका गिरी २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

यस्तै उनी २०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । ०५६ मा भने पराजित उनको २०६४ र ०७० सालको संविधानसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फबाट संविधान निर्माणको काममा संलग्न थियो ।

दर्शनमा आधारित राजनीतिको विश्लेषण गर्ने विशिष्ट क्षमता राख्ने नेता गिरीका लेलिनको जीवनी, नारी, माक्र्सवाद र अर्थशास्त्र लगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।