नेपाली काँग्रेसका नेता प्रदीप गिरीको अन्त्यष्टि आज (आइतबार) हुने भएको छ ।
नेपाली काँग्रेस संघीय संसद्को संसदीय दलले गिरीको अन्त्यष्टि आइतबार पशुपति आर्यघाटमा हुने जानकारी दिएको हो ।
गिरीको पार्थिव शरीरलाई आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म मेडीसीटी अस्पतालमा श्रद्दान्जलीका लागि राखिने र विहान साढे ११ बजेदेखि २ बजेसम्म काँग्रेस केन्द्रीय कार्यालय सानेपामा श्रद्धान्जलीका लागि राखिने भएको छ ।
गिरीको मेडिसिटी अस्पतालमा हिँजो (शनिबार) राति निधन भएको हो ।
संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले शोक विज्ञप्ति जारी गर्दै गिरीको शनिबार राति ९ः ३० बजे मेडीसिटी अस्पतालमा निधन भएको जानकारी दिएका छन् ।
साउन दोस्रो साता ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका गिरीको स्वास्थ्यमा सुधार नआएपछि उनको आइसियुमा उपचार भइरहेको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि गत वर्ष साउनमा गिरी उपचारका लागि भारतको मुम्बई गएका थिए । करिब एक वर्षको उपचारपछि गिरीलाई यही साउनमा स्वदेश ल्याइएको थियो । गिरीको घाँटीमा क्यान्सर भएको थियो ।
घाँटीमा देखिएको क्यान्सर पछिल्लो समय शरिरका अन्य भागमा पनि फैलिँदै जाँदा र निमोनियासमेत हुँदा गिरीलाई थप स्वास्थ्य समस्या देखिएको थियो ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिका वडा नं. १६ मा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि…





