प्रतिनिधि सभाको बैठक भोलि १ बजे बस्ने


     एभरेस्ट आवाज    
     भाद्र ५ गते २०७९ मा प्रकाशित




आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित हुने भएको छ।

संसद सचिवायका स्रोतका अनुसार आज बिहान ११ बजे बस्ने तय भएको बैठक सूचना टाँस गरेर स्थगित गर्ने र सोमबार दिउँसो १ बजे बस्ने भएको हो।

संसद सचिवालयका अनुसार काँग्रेस नेता प्रदीप गिरिको निधनका कारण श्रद्धाञ्जली, अन्त्येष्टि लगायतका कार्यक्रममा सांसदहरू व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो।

गए राति साढे ९ बजे काँग्रेस नेता गिरिको निधन भएको थियो।भोलि बस्ने बैठकमा शोक प्रस्ताव पास हुने सचिवालयले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।