काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन । उनले आज एक शोक सन्देश जारी गर्नुहुँदै गिरीको निधनबाट देशले एक जना समाजवादी विचारक र बौद्धिक नेता गुमाएको बताएका छन ।
उपराष्ट्रपतिले गिरी भौतिकरूपमा बिदा भए तापनि उनको विचार र देशका लागि पु¥याउनुभएको योगदानले सधैँ–सधैँका लागि बाँचिरहने बताएका छन । उपराष्ट्रपति पुनले दिवङ्गत गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रोजी श्रेष्ठ अब व्यवसायिक यात्रामा…






