पोखरामा एटीएम फोरेर चोरी गर्ने आरोपी सार्वजनिक


     एभरेस्ट आवाज    
     भाद्र ५ गते २०७९ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । पोखराबाट विभिन्न बैंकको एटीएम फोरेको आरोपमा पक्राउ परेका एक युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

गत साउन ३ गते पोखरा ३० अर्घौंचोकस्थित एनएमबी बैंकको एटीएम फोरेर चोरी गरेको र सोही दिन पोखरा २७ तालचोकस्थित एनआईसी एशिया बैंकको एटीएम मेसिन फोर्ने प्रयास गरेको आरोपमा पक्राउ परेका नवलपुरको देवचुलीका अनिस तामाङ (२१)लाई आइतबार सार्वजनिक गरेको हो ।

प्रहरीले एनएमबी बैंकको एटीएम बुथ फोरेर रकम चोरी र तालचोकस्थित एनआईसी एशिया बैंकको एटीएम मेसिन फोर्ने प्रयासमा तामाङको संलग्नता रहेको प्रहरीले दावी गरेको छ । दुबै घटनास्थल फिङ्गर प्रिन्ट र सीसीटिभी फुटेज साथै घटनास्थलको मुचुल्कामा तामाङले नै घटना घटाएको देखिएको प्रहरीले जनाएको हो ।

६–७ महिना पहिला पोखराको सिसुवास्थित एक हार्डवयर पसलमा काम गरेका उनले कक्षा ९ सम्म मात्रै पढेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।